प्रधानमन्त्रीलाई ओलीको व्यंग्य : शेरबहादुरजी अरुले नदेख्नेगरी सूर्य चिह्नमा भोट हाल्नुस्

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सभापति शेरबहादुर देउवालाई व्यंग्य गर्दै सूर्यमा चिह्नमा भोट हाल्न भनेका छन् ।

काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकले कांग्रेसलाई भोट नहाल्ने दाबी गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवालाई सूर्य चिह्नमा कसैले नदेख्ने गरी भोट हाल्न भन्दै व्यंग्य गरेका हुन् ।

'बूढो भएर पनि शेरबहादुर देउवा आफैँ कांग्रेसमा किन छनभन्दा उनलाई त्यो चार हजार भत्ता के गर्नु छँदैछ । नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे । शेरबहादुरजीलाई म भन्न चाहन्छु, कमसेकम ज्येष्ठ नागरिक भत्ता पाए । लौरो टेकेर भए पनि सूर्य चिह्नमा भोट हाल्नुस् । अरुले नदेख्नेगरी ।'

उनले अब कांग्रेस वृद्धवृद्धाका छेउमासमेत जान नसक्ने दाबी गरे । कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूबाट चेताइसकेको हुनाले युवाले पनि ती पार्टीलाई मत नदिने उनको तर्क थियो । '६० वर्षमाथिका ज्येष्ठ नागरिकले कांग्रेसलाई भोट हाल्दैनन् । अनि युवाहरू कांग्रेस, माओवादीबाट चेतिसकेका छन् । उनीहरूले पनि कांग्रेसलाई भोट हाल्दैनन्’ उनले भने ।

कांग्रेस चुनावमा जाँदा अघिल्लो सरकारको भण्डाफोर गरेर जाने नीति लिएको भन्दै ओलीले जे पायो त्यही बोल्ने कांग्रेसको पुरानो बानी भएको टिप्पणी गरे । 'कांग्रेसले अघिल्लो सरकारको भण्डाफोर गरेर निर्वाचनमा जान्छ रे । उसले जे पायो त्यही बोल्छ’ उनले भने ।

अध्यक्ष ओलीले विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अब फेरि हटनुनपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार १३:५६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया