सूर्यमा ग्रहण लागिसक्यो, एमालेमा काम नगर्ने गफाडी मात्र छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले भत्काउने काममा मात्र लागेको विध्वंसकारी पार्टी भएको बताएका छन् ।

शनिबार गोरखामा एकीकृत समाजवादी पार्टीले आयोजना गरेको जिल्लास्तरीय भेला तथा प्रशिक्षणमा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रावणको संज्ञा दिएका छन् ।

‘एमाले भत्काउने काममा मात्र लागेको विध्वंसकारी पार्टी भयो’ उनले ओलीप्रति इंगित गर्दै भने, ‘आफैँले जन्माएको सन्तान रावण भइदियो ।’

उनले नेकपाको एकता ओलीको षडयन्त्रका कारण भंग भएको आरोप लगाए । ओलीले प्रचण्डको काँधमा टेकेर आफूलाई अग्लो देखाउन खोजेको नेता नेपालको टिप्पणी छ । ओलीले एमालेलाई प्रालि जस्तो भएको बताए । 

‘एमाले अब एमाले रहेन, बि माले, सि माले भयो,’ उनले भने, ‘पटक–पटक भनेको छु सूर्यमा ग्रहण लागिसक्यो, काम नगर्ने, गफ मात्रै गर्ने गफाडी त्यहाँ छन् ।’

अबको चुनाव अग्नि परीक्षा रहेको बताउँदै उनले गोरखाका नेता कार्यकर्तालाई चुनाव केन्द्रित हुन, जनताको घरदैलोमा पुग्न र पार्टीको एजेण्डाबारे जानकारी गराउन निर्देशन गरे ।





  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार १५:३६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया