भारतले महाकाली नदीमा तटबन्ध निर्माण नरोकेको भन्दै दार्चुलावासी आक्रोशित

दार्चुलामा भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको काम नरोकेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

दार्चुलाको महाकाली नगरपालिका–४ स्थित महाकाली पारि एकलौटी तरिकाले नदीको धार परिवर्तन गर्न थालेपछि स्थानीयवासी आक्रोशित भएका हुन् । 

भारतीय पक्षले सीमामा बलमिचाइँ गर्न थालेपछि शनिबार स्थानीयले सदरमुकाम खलंगास्थित आफ्नो भूमिबाट ढुंगा प्रहार गर्दै विरोध जनाए ।

यसअघि स्थानीयले तटबन्ध रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन-पत्र बुझाउँदै ध्यानाकर्षण गराइसकेको थिए । सरकारको तर्फबाट हुनै पहल नभएको स्थानीयको भनाए छ ।

तटबन्ध निर्माणका विषयमा भारतीय पक्षले समन्वय नै नगरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

नेपालतर्फ महाकालीको धार फर्किने गरेर तटबन्ध निर्माण कार्य नरोकिएकाले आफूहरू आन्दोलनमा उत्रिएको स्थानीयहरूले बताए ।



सुदूरपश्चिम प्रदेश सरकारका सभामुख, उपसभामुखसहितको प्रदेशसभा सदस्य र राजनीतिक दलहरूको टोली दार्चुलामा छ । 

तर, उनीहरूले भारतीय पक्षले गरेको ज्यादती नदेखेझैँ गरेको स्थानीय चक्रबहादुर बमले बताए ।



भारतले नेपाली क्षेत्रबाट निर्माण सामग्री लगेर तटबन्ध निर्माण गरिरहँदासमेत राजनीतिक दल, स्थानीय प्रशासन र सरकार मौन बस्नु राष्ट्रघाती काम भएको स्थानीय कृष्ण धामीले बताए । 

‘भारतले समन्वय नै नगरी निर्माण गरिरहेको छ’, उनले भने, ‘यसमा सरकार पक्षले सुनुवाइ गरेको छैन ।’

  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार १७:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया