नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीको जथाभावी प्रश्नको जवाफ नदिने बताएका छन् । शनिबार कीर्तिपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले देउवालाई अनावश्यक कुरामा अलमलिने समय नहुने स्पष्ट पारे ।
उनले भने, ‘ओलीका हलुका, उच्छृंखल प्रश्नको जवाफ दिने फुर्सद पार्टी सभापतिलाई छैन । आवश्यक परे हामीले दिने हो,’ उनले भने ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष ओलीले देउवालाई लुकेर सूर्यमा भोट हाल्न आग्रह गर्दै व्यंग्य गरेका थिए ।
‘प्रधानमन्त्री शेरबहादुर देउवाले होइन,’ शर्माले भने, ‘यदि काल मार्क्स र लेनिनले नै भोट हाल्न पाउँथे भने बोलीको ठेगान नभएका कम्युनिस्टलाई भन्दा कांग्रेसलाइ भोट हाल्थे,’ शर्माले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।