धनुषा : होलीमा उच्छृङ्खल गतिविधि गर्ने ४ जनासहित ६६ सवारी प्रहरीको नियन्त्रणमा
फाइल तस्बिर

धनुषामा होली मनाउने क्रममा मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्लामा बिहानैबाट प्रहरीले मादक पदार्थ सेवन, सडकमा उच्छृङ्खल गतिविधि गर्ने, लापरबाही गरी सवारी चलाउनेमा विशेष निगरानी राखेको थियो । विशेषतः होलीमा सवारी दुर्घटना हुन सक्ने जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा र जनपद प्रहरीले जनकपुरधाम नगरको विभिन्न चोकमा चेकिङ गरेका थिए ।

प्रहरीले मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि गरेका ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

त्यसैगरी, जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख नवराज न्यौपानेले बिहानबाट जिल्लाभर ट्राफिक नियम उल्लंघन भएका कुल ६६ वटा सवारीसाधन नियन्त्रणमा लिइएको बताए ।

जिल्लामा कागजपत्रबिना मोटरसाइकल चलाएका ६६ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाएका २७ र तीन जना सवार भई मोटरसाइकल चलाएका ४२ सवारी साधन रहेको उनले बताए ।

ट्राफिक कार्यालय प्रमुख न्यौपानेले उपमहानगरपालिकाभित्र ट्राफिक नियम उल्लंघन गरेकाहरूलाई जरिवाना काटेर छाडिएको बताए ।



मापसे गरेका चालकलाई नछाडिएको बताएका उनले अन्यमा पक्राउ गरिएकालाई सम्बन्धितका आफन्तको रोहबरमा कागजपत्र ल्याएर सवारी फिर्ता गरिएको जानकारी दिए ।



  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार १९:१७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया