गोकुल बास्कोटाको आरोप : सरकारले न्यायपालिकाको अन्त्य गर्न लाग्यो
फाइल तस्बिर

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले वर्तमान सरकारले संवैधानिक नियुक्तीको खारेजीबाट न्यायपालिकाको अन्त्य गर्न लागेको आरोप लगाएका छन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगबारे छलफल भइरहेको बेला सरकारले अचानक संसद् अधिवेशन अन्त्य गरेपछि बास्कोटाले यस्तो आरोप लगाएका हुन् । उनले सरकारको यो निर्णय ‘दूरगामी तर तनावपूर्ण’ रहेको पनि उल्लेख गरेका छन् । 

‘एउटा दूरगामी तर तनावपूर्ण निर्णय गराउन परमादेशी सरकार सफल भएजस्तो देखिन्छ । त्यो हो– स्वतन्त्र न्यायपालिकाको अन्त्य जसको प्रयोग संवैधानिक नियुक्तीको खारेजीबाट गरिने करिब पक्का,’ बास्कोटाले ट्विटरमा लेखेका छन् । 





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ९:६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया