पर्सामा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु

पर्साको ठोरी गाउँपालिका-३ मा आइतबार बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । 

टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन् । 

मृत्यु हुनेमा पर्साको ठोरी गाँउपालिका-४ का अन्दाजी ३५ वर्षीय वीरबहादुर विश्वकर्मा रहेका छन् ।

घाइते भएका ठोरी गाउँपालिका-३ का खेल बहादुर विश्वकर्मा र विजय सुनारलाई उपचारको लागी स्थानीय मेडिकल पठाइएको छ । 

रामनगरबाट विजयवस्तीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ह ६२८ नम्बरको टेम्पो आइतबार बिहान साढे ३ बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएकाे छ ।





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १०:५०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया