माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मर विष्ट निलम्बित

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ ।

दलका नेता महेन्द्रबहादुर शाहीले आज प्रेस विज्ञप्ति जारी गर्दै उनलाई दलको सदस्यबाट निलम्बन गरिएको जनाएका हुन् । 

यसअघि नै पदबाट राजीनामा घोषणा गरेका विष्ट नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन् । उनलाई ३ चैतमा बसेको प्रदेशसभा दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन निर्देशन दिएको थियो । 

निर्देशन अवज्ञा गरेको भन्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १०:५१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया