आइसिसी महिला विश्वकप : न्युजिल्याण्डमाथि इंग्ल्याण्डको रोमाञ्चक जित
फरकधार / ६ चैत, २०७८

आइसिसी महिला एक दिवसीय विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा इंग्ल्याण्ड विजयी भएको छ । 



दोस्रो निकाल्ने क्रममा इंग्ल्याण्डले घरेलु टोली न्युजिल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।
 
२०४ रनको लक्ष्य इंग्ल्याण्डले ४७.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍याे । उसका लागि नटाली स्काइभरले सर्वाधिक ६१ रनको योगदान दिइन् । 

१०८ बलको सामना गरेकी स्काइभरले ५ चौका प्रहार गरिन् । कप्तान हेदर नाइटले ४२, सोफिया डंकली ३३ र तासिन बेउमोन्टले २५ रन जोडे ।



न्युजिल्याण्डका लागि फ्रान्सिस म्याकेले ४, जेस केरले २ तथा ली तहुहु र ब्रुक हलिडेले १-१ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।  



यसअघि अकल्यान्डस्थित इडेन पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि मेडलिन ग्रिनले अविजित ५२ रनको योगदान दिइन् । ७५ बलको सामना गरेकी उनले ४ चौका र १ छक्का प्रहार गरिन् । कप्तान सोफी डेभिनले ४१ तथा अमेलिया केर र एमी सेटरथवेटले २४-२४ रन जोडे ।

इंग्ल्याण्डका सोफी एक्लेस्टोन र क्याथरिन क्रसले ३-३ तथा सार्लेट डिनले २ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यो जितसँगै इंग्ल्याण्ड ५ खेलमा ४ अंक जोडेर चौथो स्थानमा उक्लिँदा पराजित न्युजिल्यान्ड ६ खेलबाट समान अंकका साथ पाँचौं स्थानमा छ । 

  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ११:१४:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया