घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

शुक्रबारको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको महाशाखाले जनाएको छ । त्यस्तै, आइतबार चाँदी १० रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

गत शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ तोकिएको थियो ।  





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ११:२४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया