ओली विपक्षी रहेकाे मन्त्रिपरिषद् बिस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै
फरकधार / ६ चैत, २०७८

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेकाे मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ । 



न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालकाे इजलासमा मुद्दाको पेसी ताेकिएकाे हाे ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लाेकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेकाे मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका थिए ।



उनीहरूले प्रतिनिधिसभा विघटनपछि सरकार काम चलाउ हुँदा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भन्दै विस्तार गर्ने निर्णय खारेज गर्न माग गरेका हुन् ।



मन्त्रिपरिषद् विस्तार गर्ने ओली हाल विपक्षी दलका नेता हुन् । तर, मुद्दाको टुंगाे लागेकाे छैन । 

ओलीले प्रतिनिधिसभा विघटन गरेकाे तीन दिनपछि १० पुस,२०७७ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ११:४७:३३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया