भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु
प्रतीकात्मक तस्वीर

भारतको बिहारस्थित मधेपुरा जिल्लाको मुरलीगञ्ज थाना क्षेत्र र भागलपुरको विश्वविद्यालय थाना क्षेत्रअन्तर्गत साहेबगञ्जमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मधेपुरामा लोजपाका ब्लक अध्यक्ष नीरज निशान्त पनि रहेको बताइएको छ । मृत्यु अन्य व्यक्तिमा डिग्धी गाउँपालिकाका पुरकी सिंह, नीरज निशान्त र सञ्जीवकुमार रमानी रहेका छन् ।

यसबाहेक मुरलीगञ्जको मुख्य बजारमा पनि एक जनाको मृत्यु भएको खबर आए पनि यसको पुष्टि हुन नसकेको बिबिसीले जनाएको छ ।

स्थानीय पत्रकार अर्जुन कुमारका अनुसार मारकी सिंहको मृत्यु १८ मार्चको राति भएको थियो, त्यसपछि १९ मार्चमा दुई जनाको मृत्यु भएको थियो । मृतकका आफन्त उनीहरूको मृत्युबारे बोल्न मानिरहेका छैनन् । दर्जनौं बिरामीको गोप्य रूपमा निजी संस्थामा उपचार भइरहेको छ र मृत्यु भएकाको पनि गोप्य रूपमा दाहसंस्कार गरिएको बिबिसी हिन्दीले लेखेको छ ।

मुरलीगञ्ज सामुदायिक स्वास्थ्य केन्द्रका सञ्जीवले बिबिसीलाई भने, '१८ र १९ मार्चमा गम्भीर अवस्थामा ५ जना आएका थिए । उनीहरूलाई सास फेर्न गाह्रो भएको थियो । यसको कारण के हो, प्रष्ट भन्न गाह्रो छ । हामीले ती सबैलाई सदर अस्पतालमा रिफर गरेका थियौँ ।'
 





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १४:२१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया