नेप्से १४.६७ अंकले गिरावट

साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । 

आइतबार नेप्से परिसूचकमा १४.६७ अंकले घटेर २ हजार ६१६.५८ बिन्दुमा झरेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले गिरावट आएको छ ।

आइतबार कारोबारमा आएका २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँ बराबरको कारोबार भएको छ । 

पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकम समेत निरन्तर रूपमा गिरावट हुँदै आएको  छ ।

नेप्सेका १३ उपसमूहमध्ये एउटा उपसमूहको सूचक बढेको छ भने बाँकी १२ उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा लगानी उपसमूहको मात्रै १.६६ प्रतिशतले सूचक बढेको छ । 



तर होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै  १.९६ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् ।

आइतबार नेप्से परिसूचक गिरावट आए पनि राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 



त्यस्तै, शिवश्री हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी र  विशाल बजार कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा १६ करोड २९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेर नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । 

जीवन विकास लघुवित्तको १३ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १५:५३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया