धनुषामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि धनुषा जिल्लामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले धनुषामा कुल ३ हजार ४८६ जना म्यादी प्रहरीको कोटा रहेको बताउँदै महिला र पुरुषको कोटा नछुट्याएकोले आवेदनको आधारमा भर्ना गरिने जानकारी दिएका हुन् ।

स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले आह्वान गरेको भर्नाको आधारमा पहिलो दिनदेखि नै जिल्ला प्रहरी कार्यालय धनुषाअघि आवेदन दिनेहरूको भीड लागेको छ ।

म्यादी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष उमेर ननाघेको नेपाली नागरिकको दरखास्त माग गरेको हो । भर्नाको आवेदन चैत ६ गतेदेखि ११ गतेसम्मको समय दिइएको छ ।

धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका गरी कुल १८ वटा स्थानीय तह रहेको छ । जसका लागि यस जिल्लामा मात्र ३ हजार भन्दा बढी म्यादी प्रहरी माग गरिएको छ ।



आवेदन दिन पुग्नेहरूमध्ये अधिकांश पुरुष नै रहेका छन् । महिलाको संख्या न्यून देखिएको छ ।

आवेदन दिएकाहरुको छनोट चैत १५ देखि हुनेछ भने अन्तिम नतिजा चैत २२ गते प्रकाशित गरि २८ गतेदेखि प्रशिक्षण सुरु गरिने जनाइएको छ ।
 



  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १५:५४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया