कम्युनिस्टसँग गठबन्धन गर्दा कांग्रेसले के पाउँछ ? भोट त पाउँदैन : शेखर

सत्तारूढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा पार्टीलाई फाइदा नहुने बताएका छन्   
मोरङमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिस्टसँग गठबन्धन गरेर जाँदा असहजता उत्पन्न हुने बताएका हुन् ।

उनले कम्युनिस्ट क्याडर बेस्ड र कांग्रेस मास बेस्ड पार्टी भएकाले गठबन्धन गर्न असहजता उत्पन्न उनको भनाइ छ । उनले कम्युनिस्टसँग गठबन्धन गरेर निर्वाचनमा गए कांग्रेसले के पाउँछ भन्ने प्रश्न तेर्सिने बताए । कम्युनिस्ट पार्टीका मतदाताले कांग्रेसलाई मत नदिने उनको तर्क छ ।

‘कांग्रेसले डेमोक्रेटिक पार्टीसँग मात्रै गठबन्धन गरेर निर्वाचनमा जाँदा फाइदा हुन्छ र कम्युनिस्टसँग गठबन्धन गरेर निर्वाचनमा गए कांग्रेसले के पाउँछ भन्ने प्रश्न तेर्सिन्छ किनकि भोट त पाउँदैन,’ उनले भने ।

उनले पार्टीभित्रको गुट-उपगुट समाप्त गरी आन्तरिक रुपमा गठबन्धन हुनुपर्ने सुझाव दिए । कांग्रेसले निर्वाचन जित्नका लागि अन्य पार्टीसँगको गठबन्धनभन्दा पनि आफूभित्रै गठबन्धन हुनु आवश्यक रहेको उनले औँल्याए । 

‘पार्टीभित्रको गुट र उपगुट समाप्त गरी एकजुट भएर निर्वाचनमा गए जितका लागि त्योभन्दा ठूलो गठबन्धन अरु केही पनि हुँदैन’ उनले भने ।





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १६:१४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया