मान्छे–मान्छेबीच हुने विभेद अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे–मान्छेबीच हुने विभेद अन्त्य हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेसनको शुभारम्भ तथा खेम शर्माद्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै हुँदै उपराष्ट्रपति पुनले मान्छे–मान्छेबीचमा असमानता र विभेद हुननहुने बताएका हुन् ।

समाजमा धनी र गरिबबीच शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको भन्दै त्यस प्रकारको विभेदको अन्त्य हुनुपर्ने बताए ।

उपराष्ट्रपति पुनले विभेदको अन्त्यका लागि थुप्रैखालका राजनीतिक संघर्ष भए पनि जनताले अपेक्षा गरे अनुसारको परिवर्तन हुन नसकेको उनको भनाइ छ ।

यो राजनीतिक परिवर्तन असमानताको अन्त्यका लागि, यो विभेदको अन्त्यका लागि पटक–पटक थुप्रै संघर्ष, जनयुद्ध भयो, गणतन्त्र प्राप्त भयो । धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता आएको छ । र नयाँ संविधान बनेको छ । देशले केही काँचुली फेर्ने जमर्को गरेको छ । हामीले जति चाहेका छौँ त्यति पाउन सकिराखेका छैनौँ’ उनले भने ।

उपराष्ट्रपति पुनले देशले मलाई के दियो भनेर होइन देशलाई मैले के दिनसक्छु भनेर सोच्नुपर्ने बताए । सकारात्मक सोचका साथ देशका लागि सकेको योगदान गर्नुपर्नेमा उनले जोड दिए ।



उनले अनुशासित, नैतिकवान, पारदर्शी र अरूको हितका लागि सोच्ने व्यक्तिले मात्रै समाजका लागि राम्रो गर्नसक्ने बताए ।      



  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १७:१६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया