नगर अस्पतालको उद्घाटन गर्न प्रधानमन्त्री देउवा भोलि मोरङ जाने
फाइल तस्वीर

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार मोरङ जाने भएका छन् । सुन्दरहरैचा नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा मोरङ जान लागेका हुन् ।  

सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङका अनुसार प्रधानमन्त्री देउवा सोमबार नगरपालिकाले आयोजना गर्ने तीन वटा कार्यक्रममा सहभागी हुने छन् ।

प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै, नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिका- ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको भएको छ ।





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १७:२८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया