आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउँछौँ : पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताएका छन् ।

एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज सुर्खेतमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले जनतासँगै रहेकाले आगामी निर्वाचनमा पहिलो भएर सरकारमा पुग्ने बताए ।

'एमाले सरकारबाट मात्रै बाहिरिएको हो, जनताको मनबाट बाहिरिएको छैन्', पोखरेलले भने, 'आम जनताको मन–मनमा एमाले छ । आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउनेछौँ ।' 

एमाले कर्णाली प्रदेश इञ्चार्ज एवं स्थायी कमिटी सदस्य यामलाल कँडेलले धेरै दलबाट मुलुकले स्थायित्व नपाउने भन्दै दुई दलीय व्यवस्था आवश्यक रहेको जिकिर गरे ।





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १७:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया