मूल्य वृद्धिविरुद्ध प्रधानमन्त्रीलाई युवा संघको ज्ञापनपत्र

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीले पेट्रोलियम पदार्थ मूल्यको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीका अध्यक्ष सुरेश भण्डारीले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको घोर भर्त्सना गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गरिएको छ । कोरोनाको महामारीका कारण थलिएका नागरिकलाई झनै पीडा हुने गरेर सरकारले पटक–पटक पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको युवा संघको आरोप छ ।

सरकार सत्ता टिकाउने र गठबन्धन कायम गरेर एमालेविरुद्ध कामभन्दा भ्रम छर्न उद्यत रहेकाले मात्रै जनतामा आशाभन्दा निराशा बढिरहेको युवा संघले आरोप लगाएको छ । 

राष्ट्रिय युवा संघ नेपाल गुल्मीले प्रमुख जिल्ला अधिकारी पुण्डविक्रम पौडेलले युवासँगको पत्र तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाउने जानकारी दिए ।





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १८:५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया