नेपाली युवाको भारतमा हत्या

बैतडीका एक युवकको भारतमा हत्या भएको छ ।

बैतडीका राजेन्द्र लुहारको भारतको पिथौरागढस्थित जाजरदेवलमा उनकै साथीहरुले हत्या गरेको खुलेको बैतडी प्रहरीले जनाएका छ ।
  
‘शनिबार लुहारसहित उनका साथीहरु जाजरदेवलको एक डाँडामा होली खेल्न गएका र त्यहीँ विवाद हुँदा लुहारको हत्या गरिएको प्रहरीको भनाइ छ । 

लुहारसँगै उनका साथी ललित सिंह र अर्जुन सिंह होली खेल्न गएको र विवादका क्रममा लुहारको हत्या भएको बैतडी प्रहरी प्रवक्ता दर्शन खड्काले बताए ।





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १८:४७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया