एनआरएनएको विवाद साम्य हुने संकेत, घलेले गठन गरे वार्ता समिति

फुटको संघारमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद साम्य हुने संकेत देखिएको छ । एनआरएनएका दुवै समूह समस्या समाधान गर्न लचिलो भएका छन्।

यसबीच राजनीतिक दलका नेताले एनआरएनएका नेतालाई बोलाएर समस्या समाधानका लागि आग्रह गरेका थिए। १०औँ महाधिवेशनका लागि दुवै पक्षले आ–आफ्नो तर्फबाट छुट्टाछुट्टै अधिवेशन घोषणा गरेपछि एनआरएनए विभाजित हुने अवस्थामा पुगेको थियो।  

गगन थापासहितका कांग्रेस नेताले एनआरएनएका वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीलाई भेटेर समस्या समाधान गर्न आग्रह गरेका थिए। राजनीतिक दलका नेताको समेत दबाबपछि दुवै पक्ष लचिलो भएका हुन्। 

एनआरएनएका संरक्षक शेष घलेले एकताको आह्वान गर्दै आफ्नो तर्फबाट वार्ता समिति समेत गठन गरेका छन्। वार्ता समितिमा शनिकुमार ओली, वेदप्रसाद खरेल र दुर्गा आचार्य रहेका छन्। 

समितिलाई सोमबार बेलुकासम्ममा अर्को पक्षसँग छलफल गरी सहमति गराएर एकता अधिवेशन​ संयुक्त रुपमा गर्न पहल गराउने जिम्मा दिइएको छ। 





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार २१:२०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया