मोरङ जाँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाँदैछन् । सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन उनी मोरङ जान लागेका हुन् । 

प्रधानमन्त्री देउवा सोमबार बिहान नगरपालिकाले आयोजना गर्ने तीनवटा कार्यक्रममा सहभागी हुनेछन् । उनले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी उनले सो नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिका–९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको उपप्रमुख धनमाया तामाङले जानकारी दिइन् ।   





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार ६:५५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया