शानदार जितको साथ म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

एफए कपमा गएराति भएकाे क्वार्टरफाइनलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी विजयी भएकाे छ । याे जितसँगै सिटीले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेकाे छ ।

सिटीले अर्काे प्रिमियर लिग क्लब साउथह्यामटनलाई उसैकाे मैदानमा ४-१ ले पराजित गर्‍यो । सेन्ट मेरिज स्टेडियममा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ, केभिन डि ब्रुएन, फिल फोडेन र रियाद महारेजले १-१ गोल गर्दा साउथह्याम्टनले १ गोल आत्मघाती उपहार पाएको थियो ।  

खेलकाे १२ औं मिनेटमा रस्टर्लिङको गोलबाट सिटीले अग्रता लियाे । उनले गाब्रियल जिससको पासलाई जाली चुमाएका थिए । पहिलो हाफको थप गरिएको समयमा  एमरिक लापोर्टाले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा आएकाे थियाे । 

६२ औं मिनेटमा डि ब्रुएनले पेनाल्टीमार्फत् गोल गर्दै सिटीलाई २-१ ले अघि बढाए । ७५ औं मिनेटमा फोडेन तथा ७८ औं मिनेटमा महारेजले गोल गर्दै पाहुना टाेलीलाई ४-१ काे सहज जित दिलाए । 

प्रिमियर लिग लिभरपुल च्याम्पियनसिप क्लब नटिङ्घम फरेस्टमाथि १-० को कठिन जित हात पार्दै अन्तिम-४ मा प्रवेश गरेकाे छ ।

प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले पनि अर्को  प्रिमियल लिग क्लब एभर्टनमाथि ४-० को सहज जित हात पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो । योसँगै एफए कपको सेमीफाइनल समिकरण पनि पूरा भएको छ । 



यसअघि शनिबार राति चेल्सी मिडल्सव्रगलाई पराजित गर्दै अन्तिम चारमा पुगेकाे थियाे । सेमिफाइनलमा चेल्सी र क्रिस्टल प्यालेस तथा म्यानचेस्टर सिटी र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलका खेल १६ अप्रिलमा हुनेछन् । 




  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार ७:३२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया