जेलेन्स्कीको चेतावनी : पुटिनसँगको वार्ता विफल भए तेस्रो विश्वयुद्ध हुनेछ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको वार्ता सफल नभए तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका छन् । सिएनएन टेलिभिजनसँगको कुराकानीमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको प्रत्यक्ष कुरा असफल भए तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका हुन् ।  

रुसी राष्ट्रपति पुटिनसँगको वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले चेतावनी दिए । ‘म पुटिनसँग वार्ताका लागि तयार छु । म दुई वर्षयता त्यसका लागि तयार नै थिएँ । मलाई लाग्छ, हामीले वार्ताबिना यो युद्ध अन्त्य गर्न सक्दैनौं । सहमतिका लागि हामीले कुनै पनि ढाँचा अवलम्बन गर्न सक्छौं । यदि, यो असफल भए तेस्रो विश्वयुद्ध हुनेछ,’ जेलेन्स्कीले भने ।

उनले जारी लडाइँ अन्त्य गर्ने एउटै बाटो भनेको वार्ताहरू भएको उल्लेख पनि गरे । ‘मलाई लाग्छ सहमति गर्ने सम्भावना पहिल्याउनका निम्ति जुनसुकै स्वरूप, अवसरको सदुपयोग गर्नुपर्छ,’ जेलेन्स्कीले भने । 





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार ९:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया