सञ्जापुमा पुग्याे मोटरबाटो, स्थानीय हर्षित

सडकसञ्जालले नछोएको लमजुङकाे मर्स्याङ्दी गाउँपालिका-५ सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको छ । 

संसद विकास कोष अन्तर्गतको बजेट र मर्स्याङदी गाउँपालिकाको सहयोगमा सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको हो । 

मोटरबाटो नभएकै कारण स्थानीयलाई भएको समस्यालाई मध्यनजर गर्दै गाउँमा मोटरबाटो पुर्‍याइएको हो । बाटाे पुगेसँगै स्थानीय हर्षित भएका छन् ।

सञ्जापु मोटरबाटो निर्माण समितिका अध्यक्ष डिलबहादुर गुरुङका अनुसार गत वर्षबाट मोटरबाटोको काम थालिएकोमा यस वर्ष सकिएको हो । 

गत वर्ष ०७७/०७८ मा गण्डकी प्रदेश सभा 'क' का सांसद धनञ्जय दवाडीको पहलमा संसद विकास कोष कार्यक्रम अन्तर्गत विनियोजन भएको ३५ लाख, मर्स्याङ्दी गाउँपालिकाको २० लाख र वडा कार्यालयको ४ लाख बजेटमा काम भएको थियो ।

यस वर्ष मर्स्याङ्दी गाउँपालिकाले ७ लाख रुपैयाँ थपेर सडकको काम सम्पन्न गराइएको हो । सञ्जापुमा मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडाको बाटो हुँदै सडक पुर्‍याइएकाे छ ।



मोटरबाटोको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले नागरिकलाई मोटरबाटोको अतिआवश्यक भएकाले यसमा बजेट व्यवस्था गरिएको बताए । 

सडकको सुविधा पुगेपछि सवारीसाधनमार्फत आवातजावत गर्न सहज हुने र गाउँमा उत्पादित बस्तु बजारसम्म पुर्‍याउन सकिने उनकाे भनाइ छ ।



मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सञ्जापु गाउँ सडकसञ्जालले जोडिएसँगै जमिनको अधिकतम उपयोग गरी व्यावसायिक उत्पादनमा जोडिनुपर्ने बताए ।

  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १०:३२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया