ओलीको प्रश्न : मनोनयन दुई दिन किन राखियो ? गठबन्धनमा झमेला भएर ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको मनोनयन दुई दिन बनाइएकोप्रति आपत्ति जनाएका छन् । 

साथै उनले निर्वाचन आयोगले निर्वाचन कार्यतालिका बनाउनुपूर्व राजनीतिक दलहरूसँग छलफल नगरेकोमा पनि प्रश्न गरेका छन् । 

केहीबेर अघि पार्टी कार्यालयमा सुरु भएको एमाले पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले राजनीतिक दलहरूसँग परामर्श नभएको भन्दै यो तरिका ठिक नभएको बताए ।

ओलीले भने, ‘केही समयपछि स्थानीय तहको निर्वाचन हुँदैछ । वैशाख ११ र १२ गते मनोनयन हुँदैछ । यसपटक मनोनयन दुई दिन राखियो । यो के का लागि हो ? यो गम्भीर प्रश्न छ ।’

साथै, उनले निर्वाचन आयोगका पदाधिकारीले यस्तो विषयमा राजनीतिक दलहरूसँग छलफल नगरेको बताए । 

‘यस्ता विषयहरूमा निर्वाचन अयाोगले राजनीतिक दलहरूसँग परामर्श गर्ने गर्थ्याे। यसपल्ट त्यो गरिएन । दुई दिन मनोनयनका लागि समय आवश्यक छैन’, ओलीले भने ।



सत्तारूढ गठबन्धनभित्र झमेला भएको कारणले त्यो मिलाउनका लागि २ दिनको समय लिइएको हुनसक्ने ओलीले बैठकमा नेताहरूलाई बताए । 

‘सायद यो गठबन्धनमा झमेला हुनसक्छ । त्यो झमेला मिलाउनका लागि २ दिनको समय दिइएको हो कि ?’, ओलीले भने ।



  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १२:३७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया