युक्रेनकाे राजधानी भ्रमण गर्ने याेजना बनाउँदै बेलायती प्रधानमन्त्री जोनसन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन रुसी हमलामा परेको युक्रेनको भ्रमण गर्ने योजना गराइरहेका छन् । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युक्रेनको समर्थन जनाउन प्रधानमन्त्री जोनसनले युक्रेन भ्रमणको योजना गरेका हुन् ।

प्रधानमन्त्रीले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको राजधानी किभको यात्राको व्यावहारिकता र मूल्य जाँच गर्न अधिकारीहरूलाई अनुरोध पनि गरेका छन् ।

सुरक्षा अधिकारीहरूले प्रधानमन्त्रीको युद्धक्षेत्रमा यात्रा गर्ने सम्भावनालाई ‘निकै डरलाग्दो’ भएको बताएका छन् । 

असुरक्षाका कारण १ करोड मानिसहरूले देश छोडेको राष्ट्रसंघका उच्च आयुक्त फिलिप्पो ग्रान्डीले बताएका छन् । 

सुरक्षा अनुभूति भए जोनसनले भ्रमण गर्न सक्ने विवरणहरूमा जनाइएको छ । 



तर, राजधानी किभको अवस्थाले प्रधानमन्त्री भ्रमणमा गए उनको सुरक्षा सुनिश्चित गर्न कत्ति गाह्रो हुन्छ भन्ने देखाएको छ । 

मेयर भिटाली क्लिट्स्कोले सहरको पोडिल जिल्लामा  बिस्फोटका तस्बीर सेयर गरेका छन् । रुसी सेनाले राजधानमा आवासीय भवन र सैन्य अखडालाई निशाना बनाउँदै आएको छ ।



  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १३:१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया