चीनमा १३३ यात्रु सवार जहाज दुर्घटना

चीनमा १३३ यात्रु बाेकेकाे हवाइजहाज दुर्घटना भएकाे छ । 

युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज सोमबार दिउँसो गुवाङ्सी प्रान्तमा दुर्घटना भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनाग्रस्त क्षेत्रमा आगलागी पनि भएकाे छ । घटनास्थलमा उद्दारकर्मी पठाइएकाे जनाइएकाे छ । 

दुर्घटनामा परी मानवीय क्षति भए/नभएकाे यकिन हुन सकेकाे छैन । घटनाकाे विस्तृत विवरण आउन बाँकी नै छ ।





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १४:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया