तमोरको पानीबाट ८ हजार मानिस लाभाविन्त हुने, प्रधानमन्त्रीले भने– वितरण भरपर्दो होस्
फाइल फाेटाे

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवा गाउँपालिकाका तीन वडालाई लक्षित गरेर सञ्चालनमा ल्याइएको तमोर लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गरेका छन् ।

देउवाले आयोजना सञ्चालनमा अवरुद्ध नहोस् भनेर नियमित मर्मत सम्भार गर्न उपभोक्ता समितिलाई आग्रह गरेका छन् । 

सुख्खाग्रस्त क्षेत्रका नागरिकलाई खानेपानी उपलब्ध गराउन पाउँदा खुसी लागेको उनले बताए । प्रधानमन्त्रीले आयोजनाबाट लाभान्वित उपभोक्ताहरूलाई बधाईसमेत दिए।

आयोजनालाई दिगो र भरपर्दो बनाउन उपभोक्ता समिति र जिल्लास्थित खानेपानी डिभिजन कार्यालयसँगै स्थानीय सरकारलाई समन्वय गर्न पनि प्रधानमन्त्री देउवाको आग्रह छ । 

आयोजनाबाट तुम्बेवा गाउँपालिका वडा नम्बर १ आङना, वडा नम्बर २ र ३ मौवाका गरी करीब ८ हजार नागरिक लाभाविन्त हुने छन् । 





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १५:३३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया