तमोर करिडोर सडकको कालोपत्रे प्रक्रिया थाल्न प्रधानमन्त्रीले दिए निर्देशन
फाइल फाेटाे

प्रधानमन्त्री शेरबहादुर देउवाले तमोर करिडोर सडक आयोजनाको कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिएका छन् । 

प्रदेश-१ को पूर्वी पहाडी जिल्लाका नागरिकलाई तराईसम्म जोड्न छोटो दूरीको उक्त आयोजनाको ट्रयाक खोल्ने काम सम्पन्न भएकाले कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिएका हुन् । 

पाँचथरको तुम्बेवा गाउँपालिकामा सोमबार आङ्ना-मौवा वृहत लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै देउवाले भने, ‘तमोर कोरिडोर आयोजनाको ट्रयाक खोलिसकिएको छ । छिटो कालोपत्रेको प्रक्रिया थाल्न म निर्देशन दिन्छु ।’ 

तमोर कोरिडोर कालोपत्रे भए पूर्वी पहाडमा उत्पादित कृषि उपजदेखि वन पैदावरसम्मका वस्तुको निर्यातमा सहजता हुने छ । 

आयोजनाको एउटा खण्ड पाँचथरको माझिटारदेखि सुनसरीको चतरासम्मको निर्माण कार्यको जिम्मा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयलाई छ । 

अर्को खण्ड माझिटारदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म भने उत्तर-दक्षिण-दोभान ओलाङचुङगोला कार्यालयलाई निर्माणको जिम्मा छ ।  



यी दुई आयोजना कार्यालयलाई कालोपत्रेको प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्  । 

यस्तै, विस्तृत परियोजना प्रतिवेदन तयार भएको सप्तमी-दशमी-मौवा-आङ्ना-लखुवादोभान मोटरबाटो निर्माणको काम पनि छिट्टै थालनी हुने उनले बताए ।



  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १५:३६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया