कतारको दोहाका लागि उडेको कतार एयरवेजको जहाज सोमबार पाकिस्तानको कराँचीमा आकस्मिक अवतरण गरिएको छ।
भारतीय मिडियाका अनुसार जहाज आज बिहान स्थानीय समय अनुसार ३:४० मा दिल्लीबाट उडेको थियो ।
दिल्लीबाट उडेकाे सवा एक घन्टामै जहाज कराँचीमा आकस्मिक अवतरण गरिएकाे हाे ।
जहाजको कार्गो होल्डमा धुँवा निस्किएपछि जहाज कराँचीमा आकस्मिक अवतरण गर्नुपरेकाे कतार एयरवेजले जनाएकाे छ ।
कतार एयरवेजका अनुसार सबै यात्रु सकुशल छन् । घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।