१७.९९ अंकले वृद्धि भयाे नेप्से

साताको दोस्रो दिनको कारोबारमा सेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ । 

पछिल्लो दुई सातादेखि निरन्तर रूपमा ओरालो लाग्दै आएको नेप्से परिसूचकमा सोमबार १७.९९ अंकले वृद्धि भएको हो । 

आइतबार १४.६७ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार १७.९९ अंकले बढेर भएर २ हजार ६३४.५७ बिन्दुमा पुगेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.८८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंकले बढेको छ ।  

सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता सेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ । 

आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत केही वृद्धि भएको छ । आइतबार २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।



नेप्सेका १३ उपसमूहमध्ये सोमबार ११ वटा उपसमूहको सूचकमा वृद्धि भएको छ भने बाँकी दुई वटा उपसमूहको सूचकमा गिरावट आएको छ । 

जसमा अन्य उपसमूह र होटल तथा पर्यटन उपसमूहको सूचक क्रमशः १.९ र ०.४३ प्रतिशतले गिरावट आएको छ । 



त्यस्तै, विकास बैंकको उपसमूहको परिसूचक सबै भन्दा बढी २.९२ प्रतिशतले बढेको छ । जलविद्युत र फाइनान्स उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ । 

यसैगरी, व्यापार , जीवन बीमा र लगानी उपसमूहको सूचक १ प्रतिशतभन्दा बढीले बढेको छ भने बाँकी उपसमूहको परिसूचक ० प्रतिशतभन्दा कमले बढेको छ ।

नेप्से परिसूचक वृद्धि भएसँगै इमर्जिङ्ग नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, ङादी ग्रुप पावर, माउन्टेन हाइड्रो नेपाल र कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य बढेको छ । 

तर, यता नेपाल टेलिकमको सेयरमूल्य सर्वाधिक २.९७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा २० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर  नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । 

अरुण भ्याली हाइड्रोपावर ९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । 
 

  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १६:२२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया