अवस्था हेरेर एमालेले चुनावमा तालमेल गर्न सक्छ : पृथ्वीसुब्बा गुरुङ
फाइल फाेटाे

आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अन्य दलसँग आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने भएको छ । 

यसबारे पार्टीले अहिलेसम्म आधिकारिक निर्णय  गरिसकेको छैन तर सत्तारूढ दलहरू चुनावी तालमेलमा देखिएपछि एमालेले पनि चुनावी तालमेल गर्ने केही नेताले जनाएका छन् ।  

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आवश्यकताको आधारमा अन्य दलहरूसँग चुनावी तालमेल हुने बताए । 

उनले भने, ‘अहिले नै हामीले निर्णय गरिसकेका छैनौं । तर, स्थानीय तहका उम्मेदवारको जित्ने सम्भावना, अन्य पार्टीका उम्मेदवारको अवस्था लगायतका विषय हेरेर सहकार्य वा तालमेल हुनसक्छ ।’ 

पार्टीभित्र पनि यस विषयमा आवाज उठिरहेको उनले बताए । 

‘केन्द्रीय कमिटी सदस्यहरूले चुनावी तालमेल गर्ने विषयमा पार्टीको ठोस धारणा आउनुपर्‍यो भन्नुभएको छ’, उनले भने, ‘यसमा हामी निर्णय गरेर वाम एकता गरेर तालमेल गराैं, चुनावी तालमेल गरौं भने जाँदैनौं । हामी आफ्नो शक्तिमा विश्वास गर्छौ । नेकपा एमालेलाई सबै स्थानीय तहमा एकल बहुमतको साथ सरकार निर्माण गर्ने कुरामा लाग्छौं ।’ 



स्थानीय तहमा जहाँजहाँ जोसँग सम्भव हुन्छ ती शक्तिहरूसँग चुनावी तालमेल हुनसक्ने उनको भनाइ छ । 
 



  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १७:७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया