पोलिटब्यूरो बैठकमा के प्रस्ताव गरे ठाकुर गैरेले ?

नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले स्थानीय तहमा गठबन्धनको ढोका खुला राख्नु पर्ने प्रस्ताव गरेका छन् । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सोमबार भएको पोलिटब्यूरो बैठकमा गैरेले यस्तो प्रस्ताव गरेका हुन् । उनले स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धनको अवधारणामा नेकपा एमालेले पनि काम गर्न सक्ने बताएका हुन् । 

सत्ता गठबन्धनले गठबन्धन गरेर अगाडि गएको खण्डमा आवश्यकता आधारमा एमालेले पनि गठबन्धन वा अन्य दलसँग साझा उम्मेदवार चयनलाई प्राथमिकतामा राखेमा एमालेले अझ धेरै स्थानमा जित निश्चित गर्ने ठाकुर गैरेले प्रस्ताव गरेका थिए ।

‘अरु दलहरु गठबन्धन गरेर एमालेलाई एक्लो बनाएर निर्वाचन जितिन्छ भन्ने मानसिकतामा भएको समयमा,’ गैरेले पोलिटब्यूरो बैठकपछि फरकधारसँग भने, ‘हामीले पनि अरु दलहरुसँग सहकार्य गर्न सकिन्छ, तल्लो तहमा यसले हामीलाई थप बलियो बनाउँछ । मैले यही प्रस्ताव आजको पोलिटब्यूरो बैठकमा राखेको हुँ ।’

गैरेले एमालेले पनि स्थानीय तहमा आवश्यकताअनुसार काम गर्न सकेमा क्षति रोक्न सकिने दाबी गरेका हुन् । ‘यसका लागि स्थानीय तहको आवश्कयतालाई नै पहिलो मापदण्ड बनाउन सकिन्छ,’ उनले भने ।





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १७:८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया