खेलकुदमन्त्री अथकले गरे राखेपको नयाँ प्रशासनिक भवनको उद्घाटन

राष्ट्रिय खेलकुद परिषद ‍(राखेप)को नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ । 

राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले प्रशासनिक भवनको उद्घाटन गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको भवन उद्घाटन गर्दै मन्त्री अथकले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिए ।

मन्त्रालयले कार्यविधि बनाएर प्रतियोगिता संचालनको प्रक्रिया सुरु गरेको बताउँदै उनले आगामी जेठको १५ भित्रै प्रतियोगिता सम्पन्न गर्ने गरी युद्धस्तरमा तयारी थाल्न आग्रह गरेका हुन् ।

जेठ १५ गतेसम्म राष्ट्रिय प्रतियोगिता सम्पन्न भएलगत्तै एसियन गेमको तयारीका लागि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राखी युद्धस्तरको तयारीमा लाग्ने योजनामा रहेको मन्त्री अथकले बताए ।

अदालतका कारण थुप्रै कठिनाइहरूको सामना गर्नुपरिरहेको तर्फ इगिंत गर्दैै उनले त्यसलाई चिरेर मन्त्रालय अघि बढ्न प्रतिवद्ध रहेको समेत प्रष्ट पारे । 



आगामी दिनमा कर्मचारीहरू भित्रबाटै राखेपले नेतृत्व पाउने गरी ऐन संसोधनका लागि पहल भइरहेको समेत मन्त्री अथकले जानकारी दिए ।

उनले भने, ‘तपाईंहरूभित्रबाटै नेतृत्व छनोट हुने गरी छलफल चलाएका छौं ।कार्यकारी पदमा पुग्ने उद्देश्य राखेर निरन्तर काम गर्दै जानुहोस् ।’ 



राज्यले खेललाई अनुत्पादक क्षेत्रका रूपमा हेर्ने गरेको मन्त्री अथकको गुनासो थियो । खेल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । 

  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १७:५६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया