बागमती प्रदेश खेलकुद : क्रिकेटको उपाधि मकवानपुरलाई, तेक्वान्दोका विजयी पुरस्कृत

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रिकेटको उपाधि मकवानपुरले हात पारेको छ । सोमबार चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा धादिङ जिल्लालाई २४ रनले पराजित गर्दै मकवानपुरले उपाधि हात पारेको खेल संयोजक प्रेमबहादुर क्षेत्रीले बताए । 

मकवानपुरले २० ओभर मा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो । मकवानपुरका खेलाडी रिजन ढकालले ४२ रन बनाएका थिए भने बलिङतर्फ धादिङका उज्वल थापाले ३ विकेट लिएको क्षेत्रीले बताए । 

धादिङले २० ओभरमा सबै विकेट गुमाउँदै १२४ रन बनाइए लक्ष्य पूरा गर्न नसकेपछि  मकवानपुरले २४ रनले जित्दै उपाधि हासिल गरेको छ । विजेता र उपविजेतालाई ट्रफी, पदक, प्रमाणपत्रसहित जनही ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । 

समापन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्यसचिव सूर्यलाल भण्डारी, बागमती क्रिकेट संघका अध्यक्ष राजु बस्नेत, क्रिकेट संघ चितवनका कार्यबाहक अध्यक्ष सुदीप पियाँलगायतको उपस्थिति रहेको थियो । 

हेटौँडामा भएको तेक्वान्दो खेलका विजयीलाई सोमबार पुरस्कार वितरण गरिएको छ । विभिन्न तौल समूहका महिला तथा पुरुष खेलाडीका साथै तेक्वान्दोको पुन्से खेलमा पुरुष तथा महिला र समूहका विजयी खेलाडीलाई पुरस्कृत गरिएको खेल संयोजक माधव कोइरालाले बताए । प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको प्रमुख अतिथ्यमा पुरस्कार वितरण गरिएको थियो । 

खेलमा सबैभन्दा बढी पदक चितवनले पाएको छ । चितवनले ६ स्वर्ण, ८ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । नुवाकोटले ४ स्वर्ण, ६ रजत र ४ कास्य पदक पाउदाँ मकवानपुरले २ स्वर्ण, २ रजत तथा ८ कास्य प्राप्त गरेको छ भने काठमाडौंले ३ स्वर्ण,२ रजत र ५ कास्य पदक प्राप्त गरेको खेल संयोजक कोइरालाले बताए । 



काठमाडौंको दशरथ रंगशालामा आइतबार जारी एथलेटिक्सअन्तर्गतका विभिन्न खेल सम्पन्न भएका छन् । सिन्धुपाल्चोकको चौतारा कभर्डहलमा कराँतेका खेल भएका छन् । त्यस्तै, काभ्रेको धुलिखेल खेल मैदानमा महिला फुटबल खेल सुरु भएको खेल संयोजक कल्पना शर्माले बताइन् ।
 
९ गतेदेखि भने काभ्रेमै बक्सिङ खेल प्रतियोगिता हुनेछ । सबै खेल सम्पन्न भएपश्चात् खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।  


 



  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १९:२८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया