नेपाली कांग्रेसका नेतचा प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनमा अन्य दलसंग गठबन्धन गर्नेबारे पार्टीभित्र छलफल गरेर निर्णय हुने बताएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेशको तेस्रो बैठकको हेटौंडामा उद्घाटन गर्दै उनले अहिले पार्टी भित्र अन्य दलसंग गठबन्धन गर्नुपर्ने र गर्न नहुने दुवै पक्षमा धारणा आइरहेकाले यसबारे छलफलबाटै निर्णय गरिने बताए ।
उम्मेदवारको टुंगो लगाउँदा पनि मापदण्डका आधारमा समयमै टुंगो लगाउनुपर्नेमा जोड दिंदै कम्युनिष्टहरू अपरिपक्व भएकाले अहिले जनता कांग्रेसको पक्षमा रहेको बताए ।
करिब दुईतिहाइ मत पाएका कम्युनिस्टहरूले संसद विघटन गरेर अपरिपक्वता प्रर्दशन गरेकाले जनताले उनीहरुलाई मत नदिने उनको दाबी थियो । एमसिसीको विषयमा समेत अन्य दलले आफ्नो लाभको आधारमा धारणा फेरेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।