मधेस प्रदेश : प्रदेशसभा बैठक चौथो पटक स्थगित
फाइल तस्वीर

मधेस प्रदेशको प्रदेशसभा बैठक चौथो पटक स्थगित भएको छ। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक चौथो पटक स्थगित भएको हो । 

अर्को बैठक शुक्रवार दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

प्रदेशसभा सचिवालयका सचिव रन्जित यादवले एक सूचना जारी गर्दै विशेष कारणबस बैठक स्थगित भएको जनाएका छन । 

फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठकसमेत स्थगित गरिएको थियो । फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आएका थिए भने १० गते बोलाइएको बैठकको समयमा सभामुख सरोज कुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका थिए ।

त्यस्तै, फागुन २२ गते बोलाइएको बैठक नेपाली कांग्रेसको अधिवेशन चलिरहेको र गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतका व्यक्तिहरू मधेश प्रदेशको भ्रमणको क्रममा रहेकाले स्थगित गरिएको थियो ।





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १३:३५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया