सबस्टेशन बनाउन अधिग्रहण गरेको जग्गा खाली गर्न एमसिसीको ३५ दिने सूचना

एमसिसी परियोजनाअन्तर्गत सबस्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्न ३५ दिने सूचना जारी भएको छ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले अधिग्रहण गरिसकिएकाे घरजग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको हो ।

एमससिसीमार्फत बनाइने ४ सय केभी क्षमताको रातमाटे सबस्टेसनका लागि एमसीए नेपालले अधिग्रहण गरिसकिएकाे घरजग्गा खाली गर्न भनेको हो ।

‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब-स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गरिदिनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे सबस्टेसनका लागि आवश्यक जग्गा यसअघि नै मुआब्जा वितरण गरी अधिग्रहण भइसकेको छ ।

'४०० केभी रातमाटेमा सबस्टेसनका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरु समेत निर्धारण भई सोको वितरण तथा जग्गाको लगत कट्टा एवं नामसारी समेत भइसकेको छ' जारी सूचनामा भनिएको छ ।

अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुरुप सबस्टेसन निर्माणका लागि अब तारबार गर्ने कार्य अघि बढाइने एमसीए नेपालले जनाएको छ ।





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १४:२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया