आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई हराएको छ ।
नेपालले मंगलबारकाे खेलमा पिएनजीलाई ७ विकेटले पराजित गरेको हाे ।
१७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि आरिफ शेखले अविजित ५९ रनकाे अर्धशतकीय पारी खेले । १०२ बलकाेल सामना गरेका उनले ४ चाैका प्रहार गरे ।
कुलश भर्तेलले ६४ बलमा ४ चाैका र १ छक्कासहित ५० रन बनाउँदा रोहितकुमार पौडेल ४४ मा अविजित रहे ।
पिएनजीका चर्ल्स अमिनीले २ तथा काबुआ मोरेले १ विकेट हात पारे ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदाममा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन जोडेकाे थियाे ।
पिएनजीका लागि कप्तान असद भालाले सर्वाधिक ४५ रनको योगदान दिए ।
लेगा सियाका २० तथा सेसे बाउ १९ रनमा आउट भए ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले २-२ तथा करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले १-१ विकेट लिए ।
लिग-२ मा ७ टाेलीकाे सहभागिता छ ।
जितसँगै नेपाल १२ खेलमा १२ अंकका साथ छैटौं र पिएनजी १७ खेलमा २ अंक जाेडेर अन्तिममा यथावत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।