सरकारमा सहभागी हुनेबारे छलफल भइरहेको छ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको बताएका छन् ।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागिताका लागि आग्रह गरेको र सोही विषयमा छलफल भइरहेको बताएका हुन् । 

मंगलबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागिताका लागि आफूहरूले नागरिकता समस्याको समाधान र मधेस आन्दोलनका क्रममा आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको पनि स्पष्ट पारे । 

अध्यक्ष ठाकुरले संसदको आगामी अधिवेशनमा नागरिकतासम्बन्धी विधेयक प्रस्तुत गर्ने कुरा प्रधानमन्त्री देउवासँग भएको जानकारीसमेत दिए । उनले सरकारले आफूहरूको मागलाई ठोस रुपमा सम्बोधन गर्ने गरी पहल गरेको अवस्थामा मात्रै सरकारमा सहभागी हुने बताए ।

अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म कुनै पनि दलसँग गठबन्धनको विषयमा सहमति नभएको बताए ।





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १९:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया