एकदिवसीय र टी-२० का लागि खेलाडी घोषणा
फरकधार / ८ चैत, २०७८
फाइल तस्वीर

घरेलु मैदानमा हुने पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको एकदिवसीय शृंखला र त्रिदेशीय ट्वान्टी २० शृंखलाको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।



मुख्य प्रशिक्षक पुबुदु दासानायकेले घोषणा गरेको १५ दुवै टोलीमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले स्थान बनाउन सकेनन् । नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एकदिवसीय र ट्वान्टी २० शृंखला मार्च २५ देखि अप्रिल चारसम्म चल्नेछ ।

नेपालले त्रिदेशीय शृंखलाअघि पिएनजीविरुद्ध दुई एकदिवसीय क्रिकेट खेल्नेछ ।



एकदिवसीय शृंखलाका लागि नेपाली टोलीः कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम सोम, सुशासन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की



ट्वान्टी २० शृंखलाका लागि घोषित नेपाली टोलीः कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलीपनाथ, लोकश बम, कुशल मल्ल र आदिल अन्सारी

  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १९:५६:३६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया