आफ्नै शक्तिमा चुनाव लड्न जुटेका छौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन् । 

समाजवादी प्रेस संगठन नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने र त्यसमा अहिले कायम रहेको सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहने विश्वास व्यक्त गरे ।

उनका अनुसार शक्तिको उचित मूल्यांकन गर्दै चुनावी गठबन्धन र तालमेलका क्रममा अरु पार्टीको सहारामा नभई आफ्नै शक्तिको सहारामा चुनावमा उठ्न अहिले पार्टी कमिटी निर्माणलाई तीव्र बनाइएको छ ।

'यो गठबन्धन छ महिना टिक्दैन भन्नेलाई आफ्नो पार्टी चुनावी गठबन्धनमा जान तयार छौँ', उनले ने, 'चुनावी गठबन्धनको नाममा अरुको सहारामा होइन, आफ्नो सहारामा चुनावमा उठ्नका लागि, आफ्नो शक्तिमा चुनावमा उठ्नका लागि, पार्टी कमिटी निर्माण गर्ने काममा जुटेका छौँ ।' 

शक्तिको उचित मूल्यांकन गर्दै वस्तुवादी भएर संयमता अपनाएर ‘अरुलाई पनि हामी, हामीलाई पनि अरु’ आवश्यक रहेको सन्देशका साथ चुनावी तालमेल गर्न लागेका उनको भनाइ छ

जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अमेरिकी अनुदानको कार्यक्रम ‘एमसिसी’ संसद्बाट अनुमोदन गर्न आफ्नो पार्टीसहितको सत्तारूढ वाम पार्टीले जस्ताको तस्तै पास हुनबाट रोक्न सफल भएको बताए ।





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार २०:३१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया