कमरेड करिश्माः यसअघि एमालेमा लागेका यी अन्य दुई कलाकार

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । केही वर्षअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीको घोषणा सभा गर्दा मानन्धर पहिलो पटक प्रत्यक्ष राजनीतिमा आएकी थिइन्, त्यही पार्टीमा सदस्य भएर । 

तर, भट्टराईले नयाँ शक्तिलाई जनता समाजवादी पार्टीमा विलिन गराएपछि करिश्मा सक्रिय राजनीतिमा थिइनन् ।

केही समयअघि नै करिश्माले आफू एमालेमा प्रवेश गर्ने संकेत गरेकी थिइन् । त्यसको सहजीकरण एमालेकी नेतृ तथा गायिका कोमल वलीले गरेकी थिइन् । कोमल वली, जितु नेपाल र करिश्मा मानन्धर भएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा लामो समय कुराकानी गरेका थिए ।

कोमल वली पनि पहिले सन्चारकर्म तथा गायनमा रमाइरहेकी थिइन् । अहिले उनी पूर्णकालिन राजनीतिमा छन् । 

नेकपा एमालेबाट नै राष्ट्रिय सभा सदस्यसमेत भएकी कोमल वली यसपटक दाङबाट संघीय निर्वाचनमा प्रत्यक्षमा लड्ने सुरसारमा छिन् । 

कोमल वलीभन्दा पहिले नेकपा एमालेमा प्रवेश गरेका थिए, अभिनेता भुवन केसी पनि । दोस्रो संविधानसभाको निर्वाचनमा त उनले एमालेबाट निर्वाचनका लागि टिकट पाउनसक्ने अनुमानसमेत गरिएको थियो । तर, अन्तिममा उनले टिकट पाएनन् ।



यो भिडियो हेर्नुहोस्ः



  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार २१:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया