फ्रान्सको राष्ट्रिय टोलीमा ओलिभर जिरुडको कमब्याक

इटालियन क्लब एसी मिलानका फरवार्ड ओलिभर जिरुडलाई फ्रान्सको राष्ट्रिय टोलीमा बालोइएको छ । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पले आगामी मैत्रीपूर्ण खेलका लागि ३५ वर्षीय जिरुडलाई टोलीमा समेटेका हुन् । 


रियल मड्रिडका स्टार करिम बेन्जिमाको स्थानमा जिरुडलाई टोलीमा समेटिएको हो । बेञ्जिमा पिँडौलाको मांसपेशीमा आएको समस्याका कारण खेल्न नसक्ने भएका हुन् ।

जिरुडले फ्रान्सका लागि ११० खेल खेल्दा ४६ गोल गरेका छन् । उनी फ्रान्सका लागि सर्वाधिक धेरै गोल गर्ने दोस्रो खेलाडी हुन् । उनले जुन थिएरी हेनरीभन्दा पाँच गोल मात्र कम गरेका छन् । 

सन् २०१८ को विश्वकप विजेता टोलीका सदस्य जिरुडले युरो कप २०२० पछि फ्रान्सका लागि खेल्न पाएका थिएनन् । फ्रान्सले २५ मार्चमा आइभोरी कोस्ट र २९ मार्चमा दक्षिण अफ्रिकासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ  ।  





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार ७:१४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया