चिनियाँ विदेशमन्त्री नेपाल आउनुअघि भारत जाने

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउनुअघि भारत जाने भएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार उनी बिहीबार नयाँदिल्ली आइपुग्ने छन् । त्यसपछि शुक्रबार दिल्लीबाट विदेशमन्त्री वाङ नेपाल आउने छन् । 

नेपालमा रहँदा तीन दिने औपचारिक भ्रमणका क्रममा उनले द्वीपक्षीय औपचारिक वार्तासँगै महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

नेपालमा रहँदा विदेशमन्त्री वाङसँगको भेटघाटमा नाकामा भएको आवातजावतको समस्या, चीनमा एमबिबिएस पढेर इन्टर्न गर्न नपाएका विद्यार्थीको समस्यालगायत विषय उठाउने बताइएको छ । बिआरआई परियोजनालगायत अन्य विषयमा पनि कुराकानी हुनेछ ।

काठमाडौंमा रहँदा चिनियाँ विदेश मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम छ । 

विदेश मन्त्री वाङ अहिले पाकिस्तानमा छन् । उनी त्यहाँ अर्गनाइजेसन अफ इस्लामिक कोअपरेशनका विदेश मन्त्रीको सम्मेलनमा विशेष अतिथिका रूपमा सहभागी भएका हुन् । यो सम्मेलनमा चिनियाँ विदेश मन्त्री सहभागी भएको यो पहिलो पटक हो ।  





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार ८:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया