काठमाडौं विश्वकै छैटौं प्रदूषित राजधानी सहर
फरकधार / ९ चैत, २०७८

राजधानी काठमाडौं विश्वका प्रमुख १० प्रदूषित सहरभित्र परेको छ । 



वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आइक्युएयरले सार्वजनिक गरेको सूचीमा राजधानी काठमाडौं विश्वको छैटौं प्रदूषित सहरमा परेकाे हाे । 

 त्यस्तै, देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको दशौं नम्बरमा छ ।



तथ्यांकअनुसार सन् २०२१ मा भारतको समग्र प्रदूषण तह खराब देखिन्छ । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी सहर बनेको छ।  



दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको हो । विश्वका १०० प्रदूषित सहरहरूमध्ये ६३ भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै, देशका हिसाबले बंगलादेश विश्वकै सबैभभन्दा प्रदूषित साबित भएको छ । प्रदूषित देशको सूचीमा चाँड  र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् भने पाँचौँमा भारत छ । 

आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन् । 

सर्वेक्षण गरिएका सहरहरूमध्ये केवल ३ दशमलव ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेका थिए । 

११७ देशका ६ हजार ४७५ सहरहरूको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ । 

कम्तीमा ९३ सहरको पिएम २ दशमलव ५ तह विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो । 

तर, केही देशले प्रदूषण नियन्त्रण गर्न सफलता प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ । 

‘केही देशले प्रदूषण कटौतीमा ठूलो प्रगति गरिरहेका छन’, आइक्यूएयरकी विज्ञान प्रबन्धक क्रिष्टी श्रोडरले भनिन् ।

‘चीनले केही धेरै ठूला संख्याहरूबाट सुरु गरेको थियो  । समयसँगै उनीहरुले निरन्तर घटाउँदै गएका छन् । तर, संसारमा यस्ता ठाउँहरू पनि छन् जहाँ यो उल्लेखनीय रूपमा खराब हुँदै गइरहेको छ’, उनले भनिन् ।

विश्वका दश प्रदूषित देश:


१.बंगलादेश
२.चाँड 
३.पाकिस्तान
४.ताजकिस्तान
५.भारत
६.ओमन
७.क्रिगिजिस्तान
८.बहराइन
९.इराक
१०.नेपाल
 

  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार ९:२६:३९,   अन्तिम अपडेट : चैत ९, २०७८ बुधबार ९:३८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया