प्रकाशमानकाे दाबी : मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने पार्टी कांग्रेस मात्रै हाे
फाइल फाेटाे

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गरेका छन् ।

ठूला राजनीतिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले नै गरेको र अस्थिरताबाट निकाससँगै जनताले चाहेको विकास कांग्रेसले नै दिएको भन्दै उनले अनावश्यक भ्रमको पछि नलाग्न आग्रह गरे ।

आज काठमाडाैंको शंखमुलमा ‘घर-घर जाऊ, कांग्रेस जिताऊ’ अभियान अन्तर्गत आयोजना गरेको भेटघाट कार्यक्रममा नेता सिंह देश संकटमा पर्दा काम गर्न नसक्ने, महत्त्वपूर्ण निर्णय लिनुपर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण दिने भन्दै कम्युनिस्ट दलहरूप्रति आक्राेश पाेखे ।

अब देशकाे हित गर्ने पार्टी र ढुलमुले पार्टी छुट्याउनुपर्ने नेता सिंहले बताए । 

कांग्रेसले मुलुकको राजनीति र सामाजिक आर्थिक रुपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेलेकाे भन्दै उनले कामै नगर्ने दलहरूकाे सपनाको पछि नलाग्न पनि आह्वान गरे।

सिंहले ताेकिएकाे मितिमा स्थानीय तहकाे निर्वाचन हुने भएकाले टाेलटाेलमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १०:२९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया