जेसन रोयलाई इसिबीको अनुशासन कारबाही
फरकधार / ९ चैत, २०७८

इंग्ल्यान्डका ब्याटर जेसन रोयलाई २ अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध लागेको छ ।



इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) को अनुशासन समितिले जेसनलाई २ खेलको प्रतिबन्धका साथै २ हजार ५०० पाउण्ड जरिवाना गर्ने निर्णय गरेको हो । 

बोर्डले ३१ वर्षीय जेसनले क्रिकेटको हितमा प्रतिकूल असर पार्ने तथा क्रिकेटको खेल, इसिबी र आफैंलाई बदनाम गर्ने कार्य गरेको आरोप लगाएको छ । उनले त्यसलाई स्वीकार गरेको समेत बताइएको छ ।



विश्वकप विजेता इंग्लिस टोलीका सदस्य जेसनले हालै अनिश्चितकालका लागि क्रिकेटबाट ब्रेक लिने निर्णय गरेका थिए ।



इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने निर्णय गरेका उनले काउन्टी च्याम्पियनसिपका सुरुवाती खेल गुमाउने छन् । 

  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार ११:३८:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया