डडेल्धुरामा सुक्खा पहिरो, भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरामा सुख्खा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । 

बुधबार जिल्लाको भतकाँडास्थित साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो गएपछि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने उक्त राजमार्ग अवरुद्ध बनेको हो । 

सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको बताउँदै करिब ५ घण्टाभित्र राजमार्ग सञ्चालन हुने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

यस्तै, पहिरो पन्छाउन दुई डोजर लगाइएको छ । राजमार्ग अवरुद्ध भएपछि सवारी साधन ठप्प बनेका छन् भने यात्रु अलपत्र परेका छन् ।





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १४:५९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया